+
+

चितवनको नारायणी पुलमा मान्छेको ताँती (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ मंसिर १० गते १४:१५

१० मंसिर, चितवन । नेकपा एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

एमाले महाधिवेशनमा सहभागी हुन हजारौं सर्वसाधारण चितवन पुगेका छन् । एमाले कार्यकर्ता र शुभेच्छुकका कारण नारायणगढ क्षेत्रमा अत्यावश्यकबाहेकका यातायात बन्द गरिएको छ ।

चितवनको नारायणी पुलमा हजारौं मानिस उद्घाटनस्थलतिर जान लामवद्ध भएका छन् । धेरै मानिसह भएकाले ठेलमठेल गर्दै उनीहरु अघि बढेका छन् । गाडी बन्द गरेको भनिए पनि नारायणी पुलमा फाट्टफुट्ट गाडी देखिएको छ भने पैदलयात्रीको संख्या अत्यधिक देखिएको छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?