+
+

बक्स अफिसमा ‘सत्यमेव जयते २’को कमजोर शुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १५:३२

१० मंसिर, काठमाडौं । समीक्षकको समेत निक्कै राम्रो समीक्षा पाएको चलचित्र ‘सत्यमेव जयते २’ले बक्स अफिसमा कमजोर शुरुवात गरेको छ । यो चलचित्रले बक्स अफिसमा बिहीबार ८ देखि १० करोड भारुको व्यापार गर्ने विश्लेषण फिल्म पण्डितहरुको थियो । तर, चलचित्रको बिहीबारको व्यापार कमजोर देखिएको छ । यो चलचित्रले रिलिजको पहिलो दिन ३.६० करोडको कमाइ गरेको छ ।

चलचित्रको व्यापार मल्टिप्लेक्स हलहरुमा कमजोर छ । सिंगल हलमा यो चलचित्रको व्यापार मल्टिप्लेक्सको तुलनामा केही राम्रो भएपनि बलियो भने नभएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चलचित्रले शुक्रबारबाट सलमान खान अभिनित चलचित्र ‘अन्तिम’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्नेछ । यसैले पनि जोनको तीनवटा चरित्र रहेको चलचित्रको व्यापार उकासिने अपेक्षा कमै मात्र गर्न सकिन्छ ।

चलचित्रको ट्रेलर र गीतले राम्रो हाइप कमाएपनि व्यापार भने कमजोर हुँदा बलिउड विश्लेषक तथा प्रदर्शकहरु नै अचम्ममा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?