+
+

एसियन युथ पारा गेम्समा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १७:२६

१० मंसिर, काठमाडौं। एसियाली युथ पारा गेम्समा सहभागी हुने नेपाली तेक्वान्दो र ब्याडमिन्टन टोलीलाई शुक्रबार बिदाइ गरियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले टोलीलाई सफलताको शुभकामना दिदै सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

विभिन्‍न ९ खेल समावेश युथ पारामा नेपालले तेक्वान्दो र ब्याडमिन्टनमा सहभागिता जनाउन लागेको हो ।

तेक्वान्दोमा ३ र ब्याडमिन्टनमा १ गरी ४ खेलाडीले बहराइनको मनामामा डिसेम्बर २ देखि ६ तारिखसम्म हुने युथ पारामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि विशाल गर्बुजा तथा महिला ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल-२ प्रशिक्षक कविराज नेगी लामा रहेका छन् ।

ब्याडमिन्टनमा प्रकाश अधिकारीले एसएल– ४४ क्याटगोरीको पुरुष सिंगल्समा खेल्ने छन् । टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले गर्ने छिन् ।

तीन सदस्यीय तेक्वान्दो टोली खेलाडीद्वय सिर्जना र विशाल तथा प्रशिक्षक लामा शुक्रबारै बहराइन प्रस्थान गरेका छन् । बाँकी टोली शनिबार जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?