+
+

ए डिभिजन लिगमा संकटाको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते २०:१४

१० मंसिर, काठमाडौं । दोस्रो हाफमा निरज बस्नेत र फोडे फोफानाले गोल गरेपछि संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ ।

संकटाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै यस सिजनको पहिलो जित हात पारेको हो । संकटाले पहिलो खेल हिमालयन शेर्पासंग १-१ को बराबरी खेलेको थियो ।

फ्रेण्ड्स भने पहिलो हार ब्यहोरेको छ । पहिलो खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लबसंग गोलरहित बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले सुरुवातदेखि नै गोलका अवसर बनाएपनि पहिलो गोलका लागि ४२ मिनेटसम्म कुर्नुपरेको थियो ।

फ्रेण्ड्सका लागि सिजनको पहिलो खेल खेलेका कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो खेलमा अनुपस्थित भएका प्रकाशले दोस्रो खेलमा कप्तानी गरेका थिए ।

त्यसअघि ३० औं मिनेटमा संकटाका सुभाष गुरुङले जय गुरुङको पासमा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । उनको प्रहार पोष्टभन्दा माथि गएको थियो । पहिलो हाफमा फ्रेण्ड्सका गोलकिपरले पनि राम्रा बचाउ गरे ।

पहिलो हाफमा पछि परेको संकटाले दोस्रो हाफमा पुनरागमन गर्‍यो । खेलको ५७ औं मिनेटमा संकटाका निरज बस्नेतले गोल खेल १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै संकटालाई २-१ को जित दिलाए । खेलको म्यान अफ दि म्याच संकटाका निरज बस्नेत चुनिए ।

जितपछि संकटाका प्रशिक्षक विष्णु गुरुङले योजना अनुसार नै खेलेको र खुशी रहेको बताए । ‘पहिलो जित हो । खुशी छौँ । हामी ३ अंकका लागि खेलेका थियौँ । पहिले गोल खाएपनि कमब्याक गरेर योजनामा रहन सफल भयौँ ।’

फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले पहिलो हाफ राम्रो खेलेपनि गोल खाँदा सही मार्किङ नभएको बताए । चर्चित खेलाडीले राम्रो खेलेपछि स्ट्राइकरको कमी महसुस भएको उनले बताए ।

जितपछि २ खेलबाट ४ अंक जोडेको संकटा दोस्रो स्थान उक्लेको छ । समान अंक भएपनि क्लिनसिट राखेको सातदोबाटो युथ क्लब शीर्ष स्थानमा छ । फ्रेण्ड्सको २ खेलबाट १ अंक मात्र छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?