+
+

ओलीको प्रस्ताव : ३०१ सदस्यीय केन्द्रीय कमिटी, पोलिटब्यूरो पनि रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते २३:३८

१० मंसिर, चितवन । दशौं महाधिवेशनमा जुटेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव राखेका छन् ।

नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी अहिलेकै कायम राख्दा समस्या हुने भन्दै ३०१ सदस्यीय बनाउन प्रस्ताव गरेका छन् । असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा २२५ सदस्यीय केन्द्रीय कमिटी रहने उल्लेख छ ।

तर आकांक्षी धेरै भएपछि एमालेले नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय कमिटीको आकार बढाएको छ । यस्तै पोलिटब्यूरो ९९ सदस्यीय बनाइने भएको छ ।

हालको विधानमा पोलिटब्यूरो छैन । स्थायी कमिटी भने ४५ सदस्यीय कायम राख्ने ओलीको प्रस्ताव छ ।

केन्द्रीय कमिटी बैठक अगाडि ओली पक्षीय नेताहरुबीच भएको छलफलमापनि केन्द्रीय कमिटीको आकार बढाउने र पोलिटब्यूरो राख्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?