+
+

एमाले महाधिवेशन : यस्तो छ बन्दसत्रस्थलको माहोल (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १०:५४

११ मंसिर, काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशको बन्दसत्र सुरु हुँदैछ । शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशको बन्दसत्र चितवनको पर्यटकीयस्थल सौराहमा सुरु हुन लागेको हो ।

अहिले बन्दसत्रस्थलमा प्रतिनिधिहरू उपस्थित भैरहेका छन् । बन्दसत्र सुरु हुनुपर्व अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू भने छलफलमा जुटेका छन् ।

नयाँ नेतृत्व चयन गर्दै बन्दसत्र सकिनेछ । नयाँ नेतृत्वका लागि आजै प्रकृया सुरु हुने एमालेले जनाएको छ । एमाले यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा छ । तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन् ।

सर्वसम्मत नेतृत्व चयनको प्रयासमा पदाधिकारी संख्या थप गरेको छ । साथै विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ ।

अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव थिए । पोलिटव्यूरो खारेज गरेर ४५ सदस्यीय स्थायी कमिटी र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो ।

तस्वीरहरू : चन्द्र आले / शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?