+
+

एमाले १०औं राष्ट्रिय महाधिवेशन : अझै सुरु हुन सकेन बन्दसत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १२:००

११ मंसिर, काठमाडौं । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन । सौराहको होटेल सेभेन स्टारमा बिहानैदेखि सुरु गर्ने भनिए पनि अहिलेसम्म बन्दसत्र सुरु भएको छैन ।

आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले नेताहरूले बताएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयले पूर्णता नपाएका कारण बैठक बस्न ढिला भएको हो ।

बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको भए पनि कलस्टर मिलाउन बाँकी रहेकोले बन्दसत्र सुरु गर्न केही ढिला भएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार कुन कलस्टरबाट कति जना सहभागी हुने भन्ने छुट्याउन बाँकी रहेको छ ।

बन्दसत्र सुरु भएपछि आजै नयाँ नेतृत्व चयनको प्रकृया सुरु हुनेछ । यसपटक एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयासमा गरिएको छ । त्यसैका लागि पदाधिकारी संख्या थप गरिएको छ ।

साथै विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ ।

अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

पदाधिकारी थप गरिए पनि सहमतिका लागि सकस देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?