+
+

रुमेशकाे गाेलमा च्यासलकाे जित, एपीएफकाे दाेस्राे हार

शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले शनिबार एपीएफ फुटबल क्लबलाई १-० ले पराजित गरेकाे छ । लिगमा च्यासलकाे याे पहिलाे जित हाे ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १५:२८
११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले शनिबार एपीएफ फुटबल क्लबलाई १-० ले पराजित गरेकाे छ । लिगमा च्यासलकाे याे पहिलाे जित हाे । पहिलाे खेलमा च्यासल थ्री स्टारसंग पराजित भएकाे थियाे ।
विभागीय टाेली एपीएफकाे भने याे लगातार दाेस्राे हार हाे । पहिलाे खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसंग पराजित भएकाे थियाे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे खेलमा च्यासलका लागि रुमेश बर्ताैलाले दाेस्राे हाफमा एक मात्र गाेल गरे ।
पहिलाे हाफमा च्यासलले गाेलका लागि एक अवसर बनाएपनि गाेल भएन । विकास मेरागलियाले कमल श्रेष्ठकाे कर्नरबाट आएकाे बलमा हेडिङ गरेकाे बल एपीएफमा राजन गुरुङले गाेललाईन अगाडिबाट बचाएका थिए ।
खेलकाे ४९ औं मिनेटमा च्यासलका लागि रुमेशले गाेले गरे । उनले कमल श्रेष्ठकाे पासमा एक खेलाडीलाई छलाउँद‌ै पेनाल्टी बक्सकाे ‘एज’ बाट उत्कृष्ट गाेल गरेका थिए ।
च्यासलका गाेलका लागि दाेस्राे हाफमा अरु पनि अवसर बनाएपनि सफल हुन सकेन ।
पहिलाे जितपछि च्यासलले ३ अंक जाेडेकाे छ । लगातार दुई हारपछि एपीएफ अंकविहीन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?