+
+

कोशी टप्पुमा शोभाकलीले जन्मायाे छावा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १८:४३

११ मंसीर, विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा सरकारी हात्ती शोभाकलीले छावा जन्माएकाे छ । आरक्षमा रहेको शोभाकलीले शनिबार दिउँसो १२ बजे छावा जन्माएकाे हाे ।

५७ वर्षीय शोभाकलीलाई सुत्केरी व्यथा भने शुक्रबारै सुरु भएको थियो । आरक्षका कर्मचारीको निगरानीमा रहेका बेला छावा जन्माएकाे आरक्षका अधिकृत रामगुलाम चौधरीले बताए ।

३८ वर्षअघि कोशीटप्पु ल्याइएकाे शोभाकलीको यो पाँचौं सन्तान हो । बूढी भएका कारण शोभाकलीले फेरि सन्तान जन्माउने सम्भावना कम छ ।

हात्तीसारका कर्मचारी शोभाकलीको स्याहारमा जुटेका छन् । शोभाकलीले छावालाई दूध खान दिएकी छैन । शोभाकलीको पेटमा कोशी टप्पुको नियमित पाहुना मकुना हात्तीको गर्भ थियो । करेन्ट धरापमा परेर मकुना हात्ती असोज १७ गते मारिएको थियो । सात वर्षयता मकुना हात्ती आरक्षको नियमित पाहुना थियो । हात्तीसारमा मकुनाका चार सन्तान हुर्कंदैछन् ।

शोभाकलीले यसअघि बराहगज, लक्ष्मीकली, कोशीकली र अर्काे छावालाई जन्म दिएकाे थियाे। लक्ष्मीकली र कोशीकली कोशीटप्पुमै छन् । बराहगज नौ वर्षको उमेरमा मरेको थियो । एउटा छावा भने शोभाकलीले अस्वीकार गरेका कारण जन्मिएको केही दिनमै मरेको थियो ।

कोशीटप्पु आरक्षको हात्तीसारमा नौ वटा सरकारी हात्ती छन् । कोशी टप्पुकै ६ वटा हात्ती भने चितवन राष्ट्रिय निकुञ्जमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?