+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रिय बीमा कम्पनीको सीईओ पदका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ९:०९

१२ मंसिर, काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान भएको छ ।

पदपूर्तिसम्बन्धी आज प्रकाशित सूचनामा लेखिएअनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरुले आजको मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

यसअघि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अर्याललाई सीईओ नियुक्त गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि अर्याललाई फिर्ता बोलाइएको थियो ।

आठ वर्षदेखि लेखापरीक्षण पनि गर्न नसक्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेड बदनाम कम्पनीको रुपमा परिचित छ ।

यो पनि पढ्नुस्-  राष्ट्रिय बिमा कम्पनीमा चरम बेथिति : न साधारणसभा न लेखा परीक्षण

यसको सीईओ पदमा दरखास्त दिनका लागि बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्य शास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने छ । साथै व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएमा कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव हासिल भएको योग्यता निर्धारण गरिएको छ ।

चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्यांक शास्त्र, लेखा गणित, व्यापार प्रशासन वा कानुन व्यवसायमा स्नातक उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १२ वर्षको अनुभव भएका व्यक्तिले पनि दरखास्त दिनसक्नेछन् ।

स्नातक पास गरेका व्यक्तिले बैंक वा वित्तीय क्षेत्रमा १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १३ वर्षको अनुभव भए पनि दरखास्त दिन योग्य मानिनेछ ।

दरखास्तसँगै व्यवसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) चार प्रति बुझाउनुपर्ने छ । बहालवाला कर्मचारीले दरखास्त दिन चाहेमा सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्रसमेत पेश गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?