
१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन कांग्रेस रुपान्तरणबारे आफ्नो अवधारणा सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच नेता पौडेलले ‘कांग्रेसको अबको बाटो : रुपान्तरणका दश सूत्र’ सार्वजनिक गरेका हुन् ।
‘विषम परिस्थितिबीच हुन लागेको कांग्रेसको १४ औं महाधिवेशनमा देश र जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महाधिवेशन बन्नुपर्छ । यो महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभएर समग्र राष्ट्रमा लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अवसर र थलो हुनु आवश्यक छ,’ पौडेलले उक्त दस्तावेजमा लेखेका छन्, ‘लोकतन्त्र बचाउन, राष्ट्र जोगाउन र राष्ट्रको सर्वतोमुखी उन्नति गर्न कर्मशील कांग्रेस चाहिन्छ । कांग्रेसको लोकतान्त्रीकरण हुनु पर्छ । जनताको भरोसाको केन्द्र बन्ने गरी पार्टी सुदृढीकरण हुनुपर्छ ।’
उनले संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । पौडेलले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पार्नुपर्ने बताएका छन् ।
राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने भन्दै उनले राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गर्नुपर्ने बताए ।
हेर्नुहोस् पौडेलले सार्वजनिक गरेको दस्तावेजको पूर्णपाठ
प्रतिक्रिया 4