+
+

प्रदीप ज्ञवाली भन्छन् : मिल्यो होला भन्ने विश्वास छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते २०:१९

१२ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत सहमतिमा केन्द्रीय नेतृत्व चयनका लागि आइतबार दिनभर प्रयास भएको छ । विहान १० बजे बोलाइएको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग परामर्श गरेका छन् ।

ओली बसेको होटल पार्क सफारीमा दिनभर नेताहरुको आउजाउ भएको छ । आइतबार साँझसम्म अध्यक्ष ओलीलाई भेट्न जाने र भेटेर फर्किने क्रम चलिरहेको छ ।

साँझ ८ बजेतिर भने केही नेताहरु बन्दसत्र सञ्चालन हुने होटल सेभेन स्टारतर्फ गएका छन् । ओलीलाई भेटेर फर्किएका नेता प्रदीय ज्ञवालीले अब अध्यक्ष मण्डलको बैठक बस्ने र बन्दसत्र सुरु हुने बताए । ‘विभिन्न लेयरमा छलफल भएको छ, मिल्यो होला भन्ने मेरो विश्वास छ’ बन्दसत्रको कार्यक्रम सुरु हुने जनाउ दिँदै उनले भने ।

नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले केन्द्रीय समिति सदस्यहरुको नामावली अध्यक्ष ओलीलाई बुझाइसकेका छन् भने १९ सदस्यीय पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?