+
+

ओलीको प्रस्ताव अस्वीकार गर्दै रावलले भने – अध्यक्षको उम्मेदवार हुन्छु

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ मंसिर १३ गते २:०६

१३ मंसिर, चितवन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान दोहोर्याएका छन् ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य केपी शर्मा ओलीले सहमतिका लागि भन्दै ३०१ जना केन्द्रीय सदस्यको नाम पेश गरेका थिए ।

उनले आफूले नाम लिएकाहरुलाई मात्र उम्मेदवारी दिन आग्रह गरे । अरुले पनि दिन पाउने, तर यसले समस्या लम्बिने उनको तर्क थियो ।

तर रावलले यो सम्पूर्ण प्रक्रियामा आफ्नो असहमति रहेको बताए । पार्टी बलियो होस् भन्ने आफ्नो चाहना रहेको, तर महाधिवेशनमा नेतृत्व चयनका लागि अपनाइएको प्रक्रिया ठीक नभएको बताए ।

‘सम्पूर्ण प्रक्रियाप्रति मेरो असहमति छ र म निर्वाचनमा जान्छु’ उनले भनेका छन्, ‘म पनि उपाध्यक्ष थिएँ, अब अध्यक्षको उम्मेदवार हुन्छु । प्रतिनिधिले जे गर्नुहुन्छ, त्यसलाई स्वीकार गर्छु ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?