+
+

रियल मड्रिडको पुनरागमन जित, एट्लेटिकोले हान्यो चार गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ७:१६

१३ मंसिर, काठमाडौं । भिनिसियस जुनियरले खेल सकिन तीन मिनेटअघि गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा सेभियालाई २-१ ले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको रियलले पुनरागमन जित निकालेको हो ।

राफा मिरले खेलको १२औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा करिम बेन्जामाले रियलका लागि बराबरी गोल गरे ।

८७औं मिनेटमा भिनिसियसले एडर मिलिटाओको पासमा गोल गर्दै रियललाई २-१ को जित दिलाए । जितपछि १४ खेलबाट ३३ अंक जोडेर रियल शीर्ष स्थानमा छ । रियल सोसिडामड स्पानयोसंग १-० ले पराजित हुँदा रियललाई फाइदा समेत पुगेको छ । सेभिया १४ खेलबाट २८ अंकसहित चौथो स्थानमै छ ।

यस्तै एट्लेटिको मड्रिडले काडिजलाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । एट्लेटिकोका लागि थोमल लेमार, एन्टोनी ग्रीजमन, एन्जन कोरेअ र माथुज कुन्हाले गोल गरे । काडिजका लोजानोले एक गोल फर्काए ।

जितपछि एट्लेटिको १४ खेलबाट २९ अंक जोड्दै सोसिडाडलाई गोल अन्तरमा पछि पारेर दोस्रो स्थानमा उक्लेको हो । १५ खेल खेलेको सोसिडाड तेस्रो स्थानमा झरेको छ ।

यस्तै जुअनमीको ह्याट्रिकमा रियल बेटिसले लेभान्टेलाई ३-१ ले पराजित गरेको छ ।

जितपछि १५ खेलबाट २७ अंक जोडेर बेटिस पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?