+
+

घनश्याम भूसालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ९:००

१३ मंसिर, काठमाडौं । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा घनश्याम भूसालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसैक्रममा अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी पनि दर्ता भएको छ ।

ओलीले अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि भन्दै १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्षमा विजयी रावल, उपमहासचिव भूसाल र सचिव आचार्यको नाम पदाधिकारीको टिममा परेको थिएन ।

आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका थिए । यसैगरी उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ प्रस्तावित छन् ।

महासचिवमा शंकर पोखरेललाई र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई ओलीले प्रस्ताव गरेका छन् ।

सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्तुत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?