+
+

एमाले उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १२:०६

१३ मंसिर, चितवन । नेकपा एमालेको उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चुनिएका छन् ।

चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ज्ञवाली, गुरुङ र रिमाललाई उपमहासचिव बनाउन प्रस्ताव गरेका थिए । सोमबार बिहान मनोनयन गर्ने समयसम्म पनि अरु कसैले उम्मेदवारी नदिएपछि तीनै जना उपमहासचिवमा सर्वसम्मत भएका हुन् ।

एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल पनि सर्वसम्मत भएका छन् ।

अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?