+
+

कालीकोटमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

रासस रासस
२०७८ मंसिर १३ गते १२:५७

१३ मङ्सिर, मान्म (कालीकोट) । कालीकोटको नरहरीनाथ गाउँपालिका-१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको बा५ख ४६४३ नं को मिनि ट्रक कोटवाडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मिनि ट्रकमा सवार नरहरीनाथ-१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चार जना सवार रहेका र ट्रक मालिक नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

निर्माणधीन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनि ट्रक दुर्घटना भएको स्थानीय जमानसिंह विष्टले बताए । मिनि ट्रकका चालक र सहचालक सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?