+
+

निर्मला कुर्मीको जग्गा हडपेको आरोपमा समातिएकालाई सरकारी वकिलले छाड्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १३:४०

१३ मंसिर, काठमाडौं । निर्मला कुर्मी मृत्यु प्रकरणमा पक्राउ परेका सबैलाई सरकारी वकिलले हाजिरी जमानीमा छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेलेका अनुसार थप अनुसन्धान गर्न निर्देशनसहित सरकारी वकिलको कार्यालय, बाँकेले पक्राउ परेका ६ जनालाई छाड्न आदेश दिएको छ ।

सरकारी वकिलको आदेशपछि रमेश थापा, पार्वती विष्ट, कृष्ण मुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह थुनामुक्त भएका छन् । ‘उनीहरुलाई पक्राउ गरेको २१ दिन भइसकेको थियो, थप हिरासतमा राख्न कानूनी आधार पनि थिएन’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘सरकारी वकिलको आदेशपछि छाडेका छौं, अनुसन्धान चाहिँ जारी रहन्छ ।’

जाहेरीमा उल्लेखित ८ जनामध्ये एक जना बबन सिंह ८० वर्ष पुग्न लागेको वृद्ध भएका बोलाएका वेला उपस्थित हुने गरी हाजिरी जमानीमा पहिल्यै छुटेका थिए । पीडितहरुले मुख्य आरोपी भनेका संविधानसभाका सभासद् बादशाह कुर्मी पनि पहिल्यै हाजिर भएर छुटिसकेको भन्दै प्रहरीले पक्राउ गरेको थिएन ।

महिला अधिकार मञ्च, बाँकेले दिएको जाहेरी प्रहरीले लामो समयसम्म अनुसन्धान गरेको थिएन । तर मानवअधिकारकर्मी रुबी खानसहितका महिलाहरु पैदलयात्रा गरेर काठमाडौंसम्म आएपछि यो प्रकरण चर्चामा आएको थियो । र, छानविनका लागि सरकारले समिति गठन गरेको थियो ।

खान भन्छिन्, ‘प्रहरीले अब गम्भीर भएर अनुसन्धान गर्ला भन्ने थियो, तर सरकारी वकिललाई अघि सारेर जुन निर्णय भयो । त्यसले हामीलाई विक्षिप्त बनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?