+
+

पशुपतिशम्शेर जबरा राप्रपा अध्यक्षमा नउठ्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १४:५७

१३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन् ।

उनले आफूनिकट नेताहरुसँग आफू अध्यक्ष पदमा नउठ्ने बताएका छन् । जबरा निकट एक नेताका अनुसार उनले सोमबार साँझसम्म आफू अध्यक्षमा नउठ्ने औपचारिक घोषणा गर्नेछन् ।

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिक कार्यक्रम मार्फत नै उम्मेदवारी घोषण गरिसकेका छन् । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहेका छन् ।

तर जबराले भने बुढ्यौली र पार्टीमा सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्ने उद्देश्यले उम्मेदवारी नदिने बताएका उनी निकट नेताले अनलाइनखबरलाई बताए ।

‘४÷४ जना उम्मेदवार भए, अब ८० (वर्ष) तिर टेक्न लागेँ । सर्वसम्मति गरुन् भनेर मार्गप्रशस्त गर्न लागेको हुँ’ जबराको भनाइ उधृत गर्दै ती नेताले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?