+
+

एमाले केन्द्रीय सदस्यमा को-को भए निर्विरोध ? सूचीसहित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १८:०३

१३ मंसिर, चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन ।

अध्यक्षमा ओलीसँग भीम रावलको उम्मेदवारी परेको छ । उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरुमा पनि केही निर्विरोध भएका छन् । खुला, आदिवासी जनजाति लगायतका धेरै उम्मेवार परेको ठाउँमा पनि सहमतिको प्रयास भइरहेको छ । सकेसम्म पदाधिकारीमा मात्र चुनाव गर्ने प्रयास हुने एक नेताले बताए ।

उम्मेदवारी दर्ताकै आधारमा कोको भए निर्विरोध ?

मधेसी महिला : कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव ।

मुस्लिम महिला : साजिदा खातुन सिद्धिकी ।

दलित महिला : विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली

पिछडिएको क्षेत्र महिला : बद्मीकुमारी बोहरा ।

श्रमिक

खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।

महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा ।

उपत्यका विशेष

खुला : माधव ढुंगेल

महिला : विनाकुमारी श्रेष्ठ

सम्पर्क समन्वय

खुला : नरेन्द्र श्रेष्ठ

प्रदेश १

महिला : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २

खुला : अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल

महिला : कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बाग्मती

महिला : पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी

खुला : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी

महिला : नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री

लुम्बिनी

खुला : खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल

महिला : मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल

कर्णाली

महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?