+
+

काठमाडौंका एसएसपी सिंहको काज सरुवा रद्द

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १८:००

१३ मंसिर, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको काज सरुवा रद्द भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई भैरहवा विमानस्थल पठाएर सुदीप गिरीलाई काठमाडौं ल्याउने गरी ९ कात्तिकमा काज सरुवा गरेका थिए । तर बालुवाटारले हस्तक्षेप गरेपछि काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइएको थियो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृत भन्छन्, ‘एसएसपी सिंहलाई त्यतिवेला तत्काल रमाना नलिन निर्देशन गएको थियो, सरुवा चाहिँ यथावत थियो ।’ नियमित सरुवामा काजलाई मिलाउँदै दरबन्दी कायम गर्ने गरिएको छ ।

तर सोमबार निस्किएको पाँच एसएसपीको सरुवामा अशोक सिंहको नाम छैन । एक उच्च अधिकृत भन्छन्, ‘यसको अर्थ उहाँको पहिलेको काज सरुवा रद्द भयो भन्ने हो, मंसिरमा एक वर्षे कार्यकाल पूरा भएपछि मात्र उहाँको सरुवा हुन्छ ।’

एक वर्षे कार्य अवधि अगावै सरुवा गरिएको भन्दै सिंह असन्तुष्ट थिए । उनको गुनासो प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगेपछि गृहमन्त्री खाणलाई सरुवा कार्यान्वयन नगर्न निर्देशन गएको थियो ।

सरुवा सूची अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयमा रहेका एसएसपी अर्जुन चन्द ठकुरीको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, यज्ञविनोद पोखरेलको ललितपुर र ललितपुरकी किरण बज्राचार्यको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको छ । एसएसपी मोहनप्रसाद पोखरेलको बागमती प्रदेश प्रहरी तालिम केन्द्र र दिपक थापाको मानव स्रोत तथा प्रशासन विभागमा सरुवा भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट हालै बढुवा भएका ७ एसएसपीको सोमबार पदस्थापन पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?