+
+

ओलीको सूचीमा नपरेका पर्साका अरबिन्द सिंह बने केन्द्रीय सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १७:५८

१३ मंसिर, काठमाडौं । केपी शर्मा ओलीको सूचीमा नपरेका नेकपा एमाले पर्साका युवा नेता अरबिन्द सिंह निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

खुला तर्फ प्रदेश २ बाट सिंह निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । अरबिन्द सिंह १० बुँदे पक्षधरका युवा नेता हुन् ।

चितवनको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनमा ओलीले प्रस्तावित गरेको केन्द्रीय सदस्यको सूचीमा उनको नाम परेको थिएन ।

सिंहसहित प्रदेश २ बाट ६ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा सिंहसहित उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ र सुमन प्याकुरेल निर्वाचित भएको एमाले महाधिवेशनको केन्द्रीय निर्वाचन आयोगको सूचीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?