
फाइल तस्वीर
१३ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइन सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन दिने बताएका छन् ।
सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशनमा मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मूल्याङ्कन गरेर अनलाइन सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेको भन्दै चाँडै प्रक्रिया अगाडि बढ्ने बताए ।
‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन्’ उनले भने ।
अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको उद्देश्य परिर्वतनलाई संस्थागत गर्ने रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4