+
+

ओलीको सूचीमा नपरेकी उषाकिरण बनिन् निर्विरोध केन्द्रीय सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १९:२७

१३ मंसिर, चितवन । नेकपा एमाले केन्द्रीय कमिटीको खुलातर्फको महिला सदस्यमा ५३ जना निर्विरोध चयन भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा नपरेकी उषाकिरण तिम्सिना पनि निर्विरोध निर्वाचित भएकी छन् ।

एमाले निर्वाचन आयोगका अनुसार खुलातर्फको महिलाको ५३ सिटका लागि ५४ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।

तर अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि अरु ५३ जना निर्वारोध भएका हुन् । पार्टीका नेताहरुसँग सल्लाह गरेर आफूले उम्मेदवारी फिर्ता लिएको गहतराजले  अनलाइनखबरलाई बताइन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेकी गहतराज र तिम्सिना तत्कालिन माधवकुमार नेपाल समूहमा थिए । माधव नेपाल पक्षका नेताहरुसँग भएको १० बुँदे सहमतिपछि दुबैजना एमालेमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?