+
+

मोरङमा कोइरालाविरुद्ध देउवा र पौडेल समूह एकै ठाउँ

आफूलाई कोइराला पक्षमै रहेको बताउने सभापतिका उम्मेदवार एक्कासी संस्थापन पक्षमा लाग्नु शंकास्पद भएको कांग्रेस नेता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते २१:१९

१३ मंसिर, विराटनगर । मोरङमा नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाका विरुद्ध संस्थापन र संस्थापन इतरपक्षले मोर्चाबन्दी गरेका छन् ।

सोमबार मोरङ जिल्ला सभापति चयनका लागि निर्वाचन भएको थियो । जसमा कोइराला पक्षका डिगबहादुर लिम्बू, शेरबहादुर देउवा पक्षका दिलिप गच्छदार र कृष्णप्रसाद सिटौला पक्षका यदुकुमार विष्ट सभापतिका उम्मेदवार बनेका थिए ।

विष्टलाई संस्थापन इतर पक्षमा रहका रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि समर्थन गरेका कांग्रेसका जिल्ला नेताहरुले बताएका छन् ।

सिंह निकट रहेका राजु मास्के जिल्ला अधिवेशनमा विष्ट प्यानलबाट उपसभापतिमा उठेका छन् । सोमबार भएको मतदानमा सभापति पदका तीनमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण मंगलबार पुन मतदान हुदैछ ।

सोमबार बेलुका पत्रकार सम्मेलन गर्दै यदु विष्टले आफ्नो प्यानलको समर्थन गच्छदारलाई रहेको बताएका छन् । आइतबार भएका निर्वाचनमा ३ हजार ४ सय १४ मत खसेको थियो । जसमा संस्थापन इतर पक्षका उम्मेदवार लिम्बूले १५४४ मत प्राप्त गरे । गच्छदारले ११६६ मत प्राप्त गर्दा विष्टले ५६३ मत पाए ।

‘सभापतिमा उठ्ने तयारी गरेका कोइरालालाई रोक्न सबै पक्षले मोर्चाबन्दी गरेका छन्,’ कोइराला निकट एक नेताले भने,‘मोर्चाबन्दी गरेपनि डिगबहादुर लिम्बूले चुनाव जित्छन् ।’

आफूलाई कोइराला पक्षमै रहेको बताउने सभापतिका उम्मेदवार एक्कासी संस्थापन पक्षमा लाग्नु शंकास्पद भएको कांग्रेस नेता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की बताउँछन् ।

कोइराला पक्षमा रहेका नेता विष्टले जालझेल गरी संस्थापन पक्षमा लागेपनि कार्यकर्ताले नेतृत्व छनोटमा विवेक पुर्‍याउने उनले बताए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि यदु बिष्टसँगै संस्थापन पक्षमा उभिएका छन् । उनी यसअघि कोइराला पक्षमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?