+
+

एमालेको नेतृत्व चयन गर्न मतदान सुरू

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ मंसिर १४ गते ४:३७

१४ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ ।

मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले मतदान गरे ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताए । उनले भने, ‘सदस्य नवीकरण, वितरण र प्रतिनिधि प्रतिनिधि चयनमा ब्यापक रुपमा गलत काम भएका छन् भनेर यसअघि नै भनेको छु । यति हुँदाहुँदै पनि म परिणामलाई सहज रुपमा लिन्छु ।’

निर्वाचन आयोगका अनुसार यसअनुसार अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उपमहासचिवमा निर्विरोध भएका प्रदीप ज्ञवालीले सर्वसम्मतिको प्रयत्न गर्दा मतदान सुरु गर्न ढिला भएको बताए । अध्यक्षका उम्मेदवार भीम रावल पछाडि हट्न तयार नभएकाले सबैमा सर्वसम्मति हुन नसकेको भन्दै उनले भने, ‘सर्वसम्मति नभएकाले लोकतान्त्रिक प्रतिस्पर्धा भयो, यसलाई सहज र स्वभाविक ढंगले लिनुपर्छ ।’

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?