+
+

मेस्सी भन्छन् : २०२० को बालोन डे ओर लेवान्डोस्कीलाई दिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते ७:३९

१४ मंसिर, काठमाडौं । सातौं पटक बालोन डे ओर अवार्ड जितेका लिओनल मेस्सीले २०२० को बालोन डे ओर अवार्ड रोवर्ट लेवान्डोस्कीलाई दिनुपर्ने धारणा राखेका छन् ।

मेस्सीले सोमबार राति २०२१ को बालोन डे ओर जितेपछि फ्रान्स फुटबल म्यागेजिनलाई २०२० को अवार्ड लेवान्डोस्कीलाई दिनुपर्ने बताएका हुन् ।

लेवान्डोस्कीले २०१९-२० को सिजन ५५ गोल गरेका थिए । यस्तै २०२०-२१ को सिजनमा पनि ४८ गोल गरेका थिए ।

फ्रान्स फुटबल म्यागेजिनले कोभिड १९ को कारण २०२० मा अवार्ड वितरण गरेको थिएन ।
लेवान्डोस्कीलाई २०२१ को स्ट्राइकर अफ दि इअर अवार्ड प्रदान गरिएको थियो ।

‘म रोवर्टलाई भन्न चाहन्छु कि उनीसँग प्रतिस्पर्धा गर्नु मेरो लागि सम्मान हो’ मेस्सीले भने , ‘तपाईं आफ्नो बालो डे ओरको हकदार हुनुहुन्छ । गत वर्ष सबैले मानेका थिए कि तपाईँ विजेता हुनुहुन्छ । मेरो विचारमा फ्रान्स फुटबलले तपाईँको हक लाग्ने बालोन डे ओर दिनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?