+
+

‘जाली रुमाल’ हिरो सुधांशु जोशी ‘एक्स ९’मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १३:०६
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । नायक सुधांशु जोशी लामो समयपछि नेपाली चलचित्रको पर्दामा फर्किने भएका छन् । सुधांशुले मुकुन्द भट्टले निर्देशन गर्न लागेको चलचित्र ‘एक्स ९’मा काम गर्ने पक्का भएको हो ।

सुधांशु लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । चलचित्र ‘नेपाल’को निर्माता समेत रहेका सुधांशु यो चलचित्र असफल भएपछि अमेरिका हानिएका थिए । अमेरिका पुगेपछि उनको चर्चा  सेलायो । तर, उनको वैवाहिक जीवनका कारण बेलाबखत उनी मिडियामा छाए ।

सुधांशुले एक्सन केन्द्रित ‘एक्स ९’मा काम गर्ने पक्का भएको मुकुन्दले बताए । चलचित्रमा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल लगायतका कलाकारको अभिनय रहने पक्का भइसकेको छ । चलचित्रमा बलिउड नायक सुनिल सेट्टीले पनि अभिनय गर्ने बताइएको छ ।

चलचित्रको छायांकन फ्रेब्रुअरी महिनाबाट शुरु हुनेछ । चलचित्रलाई नेपालसँगै युरोपका विभिन्न देश र अमेरिकामा पनि खिचिने निर्माणपक्षको भनाइ छ । यो चलचित्रका कार्यकारी निर्माता निर्मलकुमार मिश्र हुन् । चलचित्रमा वीरेन्द्र कुँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, बिदुर घण्टे र प्रदीप थापाको लगानी रहनेछ ।

नायक जोशीले जाली रुमाल, विषालु, रणभूमि, हत्या लगायतका दर्जन चलचित्रमा काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?