
काठमाडौं । बडवाइजरले मंसिर १८ गते शनिबार जीई फेस्ट आयोजना गर्ने भएको छ । बडवाइजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएसएस साउन्डले गोल्डस्टारसँगको सहकार्यमा छाया सेन्टर ठमेलमा ‘जीई फेस्ट’ आयोजना गर्न लागेको हो ।
महामारीपछि मौन रहेको उद्योगलाई यस सांगीतिक कार्यक्रमले बढावा दिने विश्वास आयोजकले लिएको छ । यस फेस्टको प्रमुख आर्कषण लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुने बडवाइजरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जीई फेस्टमा ओएसिस थापा, प्रवेशकुमार श्रेष्ठ, सुशान्त घिमिरे, समीर श्रेष्ठ, आकाश खड्का, सितुसित, अंकित वैद्य लगायतका कलाकारहरुको पनि प्रस्तुती रहनेछन् ।
नेपाली संगीत प्रेमीमाझ चर्चित बेक्चाले यही कार्यक्रममार्फत पहिलो पटक आफ्ना श्रोता सामु प्रतस्ती दिने बडवाइजरले जनाएको छ । इभेन्टको प्रवेश शुल्क रु. ५०० तोकिएको छ । बिहान ११ः३० बजे प्रवेश गर्न सकिने यस कार्यक्रममा आफ्ना उत्पादनहरु प्रदर्शन र बिक्री गर्न स्टलहरु पनि हुनेछन् ।
प्रतिक्रिया 4