+
+

प्रहरीमा तीन पद थप्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल प्रहरीमा तीन वटा पद थपिएको छ । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १४:२४

१४ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा तीन वटा पद थपिएको छ । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको हो । स्वीकृत भएको नियमवाली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

योसँगै प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप्ने हुनेछ ।

प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हवल्दारमा बढुवा हुन लामो समय लाग्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?