+
+
Shares

कसरी स्थापित भयो ‘हेयर एन्ड शान्ति’ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १८:०७

भारत दक्षिणी दिल्लीको प्रमूख किनमेल गन्तव्य हो, साउथ एक्स (एस्टेन्शन) । सोही सुविधायुक्त बजारको पार्ट–२ मा एउटा नेपाली ब्युटि सलुन खुलेको थियो । सलुनको नाम, ह्यारी एन्ड शान्ति । सन् २००१ मा ।

विश्व शान्ति श्रेष्ठले सुरु गरेको यो सलुन भारतको राजधानी दिल्ली लगायत नोएडा र गुडगाउँ गरी १२ वटा स्टोर सञ्चालनमा छ । सुरुमा यसको नाम ‘ह्यारी एन्ड शान्ति’ थियो । पछि ‘ह्यारी’ नामक साझेदार अलग भएपछि यसको नाम ‘हेयर एन्ड शान्ति’ जुराइयो ।

केश विन्यासमा छोटो अवधीमा प्रिय ब्रान्ड बनेको हेयर एन्ड शान्तिले नेपालमा पनि आफ्नो सेवा विस्तार ग¥यो, चार वर्षअघि ।

यसको सुरुवात भयो, काठमाडौंको कमलादीबाट । त्यस लगत्तै जावलाखेलमा, ठमेलको छायाँ सेन्टरमा, नक्सालको भाटभाटेनीमा ‘हेयर एन्ड शान्ति’को सेवा विस्तार भए । काठमाडौं बाहिर नारायणघाट र चितवनमा समेत यसको शाखा सञ्चालनमा ल्याइएको सलुनकी डाइरेक्टर एवं हेयर डिजानर अनुजा श्रेष्ठ बताउँछिन् । नेपालका आधा दर्जन शाखामा ७५ जना हेयर डिजाइनरहरु पूर्णकालिन काम गरिरहेका छन् ।

२० बर्षको अवधिमा ‘हेयर एन्ड शान्ति’ले कसरी छलाङ मार्‍यो ?

‘हामीले दिएको सुविधा, प्रयोग गर्ने व्युटी प्रोडक्ट नै हो’ अनुजा भन्छिन्, ‘ग्राहकको रुची र रोजाईलाई ध्यानमा राखेर हामीले उहाँहरुलाई सन्तुष्ट बनाउने प्रयास गरेका छौं ।’ केश विन्यासका लागि आवश्यक नयाँ नयाँ उपकरण प्रयोगमा ल्याउनका साथै दक्ष हेयर डिजाइनरहरु संलग्न गराइएकाले पनि आफ्नो सेवालाई रुचाएको उनको ठम्याई छ । हेयर एन्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, कस्मारा, अरोमा, एडो, प्रो टेक जस्ता ब्रान्डेड ब्युटी प्रोडक्ट प्रयोग गरिरहेको उनको भनाई छ ।

कसरी सुरु भयो ?

खासमा फेसन डिजाइनर बन्न चाहन्थिन्, अनुजा श्रेष्ठ । सोही रहरले डोहो¥याउँदै उनलाई दिल्ली पु¥यायो । दिल्लीमा पुगेपछि फेसन डिजाइनिङ कोर्स पनि गरिन्, पिभोट पोइन्टबाट ।

दिल्लीमा अनुजाकी दिदी विश्व शान्ति श्रेष्ठ मेकअप आर्टिस्टको काम गर्थिन् । राम्रो संयोग, त्यसबेला त्यहाँ मिस युनिभर्स आयोजना हुँदै थियो, जसमा मेकअप आर्टिस्टको रुपमा उनी छनौट भइन् । अन्ततः मिस युनिर्भसको ताज पनि भारतले नै जित्यो । दिदीको कामले अनुजाको रहर मोडियो । उनलाई फेसन डिजाइनर भन्दा हेयर डिजाइनर बन्ने रुची भयो ।

त्यही रुचीलाई बोकेर उनी विश्वका थुप्रै मुलुक पुगिन्, केश विन्यास र सौन्दर्यबारे ज्ञान लिन । उनी सिंगापुरको टोनी एन्ड गाए एकेडेमीमा थप अध्ययनका लागि पुगिन् । त्यहाँबाट डिप्लोमा कोर्स गरिन् । बेलायतस्थित टोनी एन्ड गाएबाट मास्टर क्लास पुरा गरिन् ।

दक्षिण कोरियाकै प्रशिद्ध किम जे यानमा एडभान्स कोर्सका लागि पुगिन् । त्यससँगै उनी कहिले टर्की पुगिन्, कहिले माल्दिभ्स, कहिले श्रीलंका पुगिन्, कहिले जापान । कहिले स्पेन त, कहिले क्यानडा । दर्जनौ मुलुकमा पुगेर उनले आफ्नो दक्षतालाई थप निखारिन् । त्यसपछि उनी भारत फर्किइन् र हेयर एन्ड शान्तिमा जोडिइन् ।

यतिबेला काठमाडौं लगायतका शहरहरुमा आधा दर्जन हाराहारीमा हेयर एन्ड शान्तिका शाखा सञ्चालनमा छ । यी सबैमा अक्सर ग्राहकको भिड देखिन्छ । केश विन्याससँगै सौन्दर्यका अन्य सेवाहरु लिन ग्राहकको भिड जम्ने गरेको अनुजा बताउँछिन् । यहाँसम्म आइपुग्नका लागि श्रीमान राजकुमार श्रेष्ठ र दिदी भिनाजुको सहयोगलाई उनी महत्वपूर्ण मान्छिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?