+
+

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते ९:००

१५ मंसिर, काठमाडौं । बाग्लुङको काठेखोला गाउँपालिका-१ पाला खहरेमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

बिहुँबाट सदमुकामनर्फ जाँदै गरेको बा १८ च ५६७७ नम्बरको पिकअप जिप बिहान ५ बजेतिर अनियन्त्रित भएर सडकबाट करिब आठ मिटर तल खस्दा जिपमा सवार बाग्लुङ नगरपालिका-७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको बाग्लुङ प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् । बागलुङ नगरपालिका-१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?