+
+

सर्वोच्चमा तोकियो गोला प्रणालीबाट पेसी

पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् । गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १०:५९

१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको छ । पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् ।

गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।

न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ ।अर्का न्यायाधीश डा. कुमार चुडालको एकल इजलास गठन भएको छ ।

त्यसैगरी डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ ।प्रकाशमानसिंह राउत र हरि फूयालको अर्को इजलास गठन भएको छ ।

अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?