+
+

लुम्बिनी प्रदेशमा पौडेल पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १२:२९
पौडेल पक्षबाट सभापतिका उम्मेदवार अमर सिंह पुन

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनलाई अघि सारेको छ । पुन रोल्पाका निवर्तमान जिल्ला सभापति हुन् ।

संस्थापन समूहले लुम्बिनीमा भरत कुमार शाहलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । शाह रुपन्देही–५ बाट लगातार तीनपटक निर्वाचित सांसद हुन् । उनी सार्वजनिक लेखा समितकिा सभापति र पूर्व अर्थराज्यमन्त्रीसमेत हुन् ।

पौडेल समूहले सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैगरी महामन्त्रीमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) उम्मेदवार छन् । सहमहामन्त्रीका उम्मेदवारहरुमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र निमा गिरी (प्युठान) रहेका छन् ।

लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा आजदेखि शुरु हुँदै छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनीमा वडा तहदेखि जिल्लासम्म संस्थापन र संस्थापन इतर पक्षले अधिकांश स्थानमा छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँके बाहेक ११ जिल्लाको अधिवेशन सकिंदा रुपन्देही र बर्दिया बाहेक ९ जिल्लामा संस्थापन इतरले जिल्ला सभापति जितेको छ । रुपन्देही र बर्दियामा संस्थापन पक्षले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment