
१६ मंसिर, काठमाडौं । अभिनेता एसराज गराचले अभिनय गरेको ‘मसानघाट २’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायिका सुनिता खड्काको स्वर छ ।
सुनिताले ‘मसानघाट’पछि यसको सिरिज सार्वजनिक गरेकी हुन् । गीतमा सुनिता र गायक प्रताप दासको स्वर, सुनिताकै शब्द, जय देवकोटाको संगीत छ । केशवराज भट्टले निर्देशन गरेको यो भिडियोमा यशराज गराच, विकास लामिछाने र सुनिताको अभिनय हेर्न सकिन्छ ।
दीपक गिरीले छायांकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4