+
+

युथ एथलेटिक्स च्याम्पियनसीपमा बंगलादेश पनि सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १७:१४

१६ मंसिर, काठमाडौं। एथलेटिक्स परिवार नेपालको आयोजनामा मंसिर २० र २१ गते हुने युथ एथलेटिक्स च्याम्पियनसिपमा बंगलादेश पनि सहभागी हुने भएको छ ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेर दुई दिने प्रतियोगितामा बंगलादेशको खेलाडी पनि सहभागी हुने जनाएको हो। बंगलादेशको खेलाडी आजै नेपाल आइसकेका छन् । बंगलादेशका ५ महिला र ७ पुरुष खेलाडी आएका छन् ।

एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले यस पटक साफ क्षेत्रका देशलाई सहभागी गराउने प्रयास गरेपनि कोभिडको नयाँ भेरियन्टले गर्दा बंगलादेश मात्र सहभागी हुने भएको बताए।

च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू१६ मा १२ र यू२० मा १६ गरीकूल २८ ट्रयाक एण्ड फिल्ड ईभेन्टमा प्रतिस्पर्धा हुनेछ।नेपालका विभिन्न जिल्ला, स्कुल र कलेजबाट गरी २५० भन्दा बढी खेलाडीले सहभागीता रहने आयोजकले जनाएको छ।

उमेर समूहमा एथ्लेटिक्सको प्रतियोगिता बिरलै भएको भन्दै लामो समयपछि युथ एथलेटिक्स हुन लागेको एथलेटिक्स परिवार नेपालका सल्लाहकर सुशिल नरसिंह राणाले जानकारी दिए।

एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले यस पटक बंगलादेश सहभागी भएपनि अर्को वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने बताए। यस्तै खत्रीले च्याम्पियनसिपसिप खुल्ला रहेको र ४० जिल्लाभन्दा बढीबाट खेलाडी सहभागी हुने बताए ।

यस्तै विभागको पनि २० वर्ष भन्दा मुनिको खेलाडी आउन पाउने उनले बताए। खत्रीले च्याम्पियनसीपका लागि नेपाल एथलेटिक्स संघबाट प्राविधिक सहयोग रहेको बताए ।

उनले भने, ‘यही संघले गर्न उत्सुक छ भने यो उसको लागि हौसलाको विषय हो। संघले सहयोग गरेकै छ भनेर हामीले मानेका छौं। जानकारी गराको छौं। प्राविधिक सामान संघले नै सहयोग गर्ने हो। राखेप, एनओसी, मन्त्रालयबाट पनि सहयोग छ।’

नेपाली खेल जगतमा उदयमान एथलेटिक्स खेलाडी उत्पादन गर्दै जाने र खेलाडीहरुलाई हौसला प्रदान गर्ने उदेश्यका साथ च्याम्पियनसिप आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

यस्तै कार्यक्रममा रघु वन्तले दुई उदयीमान खेलाडी रजिना दुलाल र बिर्सना कुमाललाई स्पाईक सुज प्रदान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?