+
+

कर्णाली प्रदेश अधिवेशनमा पौडेल पक्षलाई नबोलाएपछि गुनासो

महामन्त्रीको मनपरी भयो : केन्द्रीय सदस्य थानी

कर्णालीमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीबार सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित अधिवेशनको काग्रेस महामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १७:३३

१६ मंसिर, सुर्खेत। कर्णालीमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीबार सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित अधिवेशनको काग्रेस महामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन्।

तर उद्घाटन सत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु भने सहभागी भएनन् । पार्टी सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरुले कार्यक्रमबारे आफूहरुलाई कुनै जानकारी नदिएकाले उपस्थित नभएको पौडेल समूहका केन्द्रीय सदस्य हृदयराम थानीले बताए ।

‘अधिवेशन र कार्यक्रमबारे मलाई कुनैपनि जानकारी दिइएन । मैले त कार्यक्रम उदघाटन भएपछि मात्रै थाहा पाएँ,’ थानीले अनलाइनखबरसँग कुरा गर्दै भने ।

उनले अगाडि थपे, ‘म पनि यही क्षेत्रको केन्द्रीय सदस्य हुँ, तर कुनैपनि जानकारी दिइएन । महामन्त्री स्वयं सहभागी कार्यक्रममा वाइसास गर्न खोनियो, महामन्त्रीको मनपरी भयो । यसरी त कहाँ चल्छ र ?’

उक्त कार्यक्रम काँग्रेसको प्रदेश अधिवेशन नभई देउवा समूहको भेला भएको थानीको भनाइ छ । ‘यसलाई देउवा समुहको गुटगत भेला भन्दा सुहाउँछ, प्रदेश अधिवेशनको उदघाटन सत्र नभनौं होला,’ उनले भने ।

कर्णालीमा प्रदेश समितिको सभापतिका लागि दुबै पक्षले उम्मेदवार घोषणा गरेका छैनन् । कांग्रेस केन्द्रीय सदस्य तथा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका केन्द्रीय सदस्य स्वत: आयोजक हुने भएकाले थानीले खबर पाइन भन्न नमिल्ने बताए ।

‘सुर्खेत आयोजक जिल्ला हो, यो जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य स्वत आयोजक हुन्छ । आयोजकले आयोजकलाई नै खबर गर्ने पनि कहिँ हुन्छ र ?’ प्रदेश अधिवेशन मूल आयोजक समितिका संयोजकसमेत रहेका शाहीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?