+
+

कमल थापा र राजेन्द्र लिङ्देनको प्यानलमा को को ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते २१:०७

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

बिहीबार मतदाताको नामावली प्रकाशन गरेको निर्वाचन समितिले शुक्रबार मतदाता नामावलीमाथि दावी विरोध, उम्मेदवारी दर्ता, उनीहरुको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशनलगायतका काम सकेर शनिबार मतदान गर्ने तयारी गरेको छ ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार राप्रपाको यो महाधिवेशनमा करिब ४ हजार ४ सय जना मतदाता रहनेछन् । शनिबार सकेसम्म चाँडै मतदान सुरु गर्ने उनले बताए । बिहीबार नै निर्वाचन कार्यक्रम सुरु गर्ने तयारी भए पनि मतदाता नामावली नटुंगिएका कारण ढिलाइ भएको उनले बताए ।

फर्जी मतदाताका विषयमा अध्यक्ष कमल थापा र अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन पक्षबीच विवाद भएपछि विवाद समाधानका लागि बिहीबार दिनभर लागेको थियो ।
राप्रपाको नेतृत्वका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले ४ उपाध्यक्ष र ३ महामन्त्रीको प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

अध्यक्ष कमल थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, रोशन कार्की, धु्रवबहादुर प्रधान उम्मेदवार बन्ने नेता राजाराम बर्तौलाले बताए । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही उम्मेदवार बन्नेछन् ।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने नेता मुकुन्दश्याम गिरीले बताए ।

त्यस्तै महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्ने भएका छन् । नेता बिक्रम पाण्डेलाई दुवै पक्षले आफ्नो प्यानलमा राखेका छन् र समर्थन आफैंलाई रहेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?