+
+

नाडाको चुनावमा चौधरी र थापाको प्यानल, को-को छन् प्रतिस्पर्धामा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १६:३६

१६ मंसिर, काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आगामी नेतृत्वका लागि दुई समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यही मंसिर २२ र २३ मा नाडाको निर्वाचन तथा ४५ औं साधारणसभाका लागि दुई समूह प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

नाडाको आगामी अध्यक्षको लागि सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाको प्यानलबीच चुनाव हुने पक्का भएको छ ।

चौधरीले बुधबार आफ्नो प्यानल घोषणा गरे भने थापाले पनि बिहीबार प्यानल घोषणा गरेका छन् ।

चौधरीले अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल र राजेन्द्र अग्रवाललाई प्यानलमा राखेका छन्। चौधरीको सूमहमा वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ला, निलमणी पाठक, र गंगाराज भट्टराई छन् ।

थापाको प्यानलमा हालका कार्य समितिमा रहेका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया पनि छन् । नमुना श्रेष्ठ,  अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगन बिएस कंसाकार, सञ्जय खेतानसहितको प्यानल घोषणा गरेका छन् ।

चौधरीले आफू वर्तमान उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदार भएको बताए भएपनि थापाले भने आफू पूर्वउपाध्यक्ष भएकाले यसपटक आफ्नो दावी रहेको बताएका छन् । दुबैले आफ्नो टिम युवापुस्ता बाहुल्य रहेको समावेशी भएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?