+
+

अमेरिकाका ५ राज्यमा ओमिक्रोन भेरियन्ट देखियो, यात्रामा थप कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते ११:३४

१७ मंसिर, काठमाडौं । अमेरिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट एकपछि अर्को राज्यमा देखिन थालेको छ ।

सुरुमा क्यालिफोर्नियामा देखिएको नयाँ भेरियन्ट हालसम्म पाँच राज्यमा फैलिएको छ । पछिल्लो विवरणअनासर हवाइमा नयाँ भेरियन्टका संक्रमित पुष्टि भएका छन् ।

हालसम्म हवाइसहित मिनेसोटा, न्युयोर्क, कोरोराडो र क्यालिफोर्नियामा गरी कुल १० जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको अमेरिकी समाचार माध्यमले जनाएका छन् ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार क्यालिफोर्निया, मिनेसोटो र कोलोराडोका ३ जना संक्रमितमा सामान्य लक्षण देखिएको र उनीहरूको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

यसैबीच, राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरू घोषणा गरेका छन् । तर उनले आफ्नो योजनामा लकडाउन नपर्ने र खोपसम्बन्धी यसअघिको नियममा कुनै परिवर्तन नहुने प्रस्ट पारेका छन् ।

बाइडेनले बिहीबार सार्वजनिक गरेको यात्रासम्बन्धी नियममा विदेशी यात्रुले अमेरिका प्रवेश गर्नुभन्दा २४ घण्टा अगाडि अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने समेत उल्लेख छ ।

उक्त नियम पूर्ण खोप लगाएका मानिसको हकमा समेत लागू हुने छ ।

सुरुमा दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोनबाट विश्वभर हालसम्म कम्तिमा ३७५ जना संक्रमित भएका छन् भने भारतसहित ३० मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?