+
+

ट्वीटरले चीनसहित ६ मुलुकका झण्डै ३५ सय अकाउन्ट हटायो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १४:४५

१७ मंसिर, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले चीनसहित ६ मुलुकका झण्डै ३५ सय अकाउन्ट हटाएको छ ।

ट्वीटरले ‘राज्य समर्थित प्रचारबाजी’ को रुपमा प्रयोग हुँदै आएका ३ हजार ४६५ वटा अकाउन्ट हटाएको हो । हटाइएका अकाउन्टमध्ये चीन, मेक्सिको, रुस, तान्जानिया, युगान्डा र भेनेजुएलाका रहेको अलजजिराले जनाएको छ ।

बिहीबार ट्वीटरद्वारा प्रकाशित एक विज्ञप्तिमा हटाइएका अकाउन्टमध्ये चीनका २ हजार ४८ वटा छन् । यीमध्ये अधिकांश अकाउन्टमा सिनजियाङ प्रान्तमा उइगुर मुस्लिममाथिको व्यवहारसँग सम्बन्धित चिनियाँ कम्युनिष्ट पार्टीको ‘न्यारेटिभ’ पोष्ट हुँदै आएको थियो ।

बाँकी ११२ वटा अकाउन्ट सिनजियाङको प्रान्तीय सरकारबाट समर्थन प्राप्त ‘छाङयु संस्कृति’सँग सम्बन्धित छन् ।युगान्डाका राष्ट्रपति योबेरी मुसेभेनी र उनको दलको पक्षमा मिलेर ‘अनधिकृत गतिविधि’ गर्दै आएका ४१८ ट्वीटर अकाउन्ट समेत हटाइएको छ ।

त्यस्तै, ट्वीटरले तान्जानियाका २७० वटा अकाउन्ट हटाएको छ । नागरिक अधिकार समूह फिचुआ तान्जानियाका सदस्य एवं समर्थकलाई निशाना बनाएको भेटिएपछि ती अकाउन्ट हटाइएको हो ।

रुसको इन्टरनेट रिसर्च एजेन्सीसँग जोडिएका १६ वटा अकाउन्ट समेत हटाइएको छ । सरकारको पक्षमा अनलाइन अभियान सञ्चालन गर्दै आएको उक्त एजेन्सीलाई आलोचकहरूले ‘ट्रोल फार्म’ समेत भन्ने गर्छन् ।

लिबियाको नागरिक सरकार र उक्त सरकारका समर्थकलाई निशाना बनाउँदै आएका र लिबिया तथा सिरियामा रुसको भू-राजनीतिक अडानप्रति समर्थन जनाउँदै आएका अन्य ५० वटा अकाउन्ट समेत हटाएको ट्वीटरको भनाइ छ ।

मेक्सिकोमा सरकार पक्षीय सामग्री शेयर गर्दै आएका २७६ वटा अकाउन्ट र भेनेजुएलामा सरकार तथा सरकारी अधिकारीको भाष्य (न्यारेटिभ) को पक्षमा ह्याशट्याग एवं सामग्री पोष्ट गर्दै आएका २७७ वटा अकाउन्टमाथि समेत प्रतिबन्ध लगाएको छ ।

फेसबुकले चीनको प्रभाव विस्तार गर्ने अभियानमा जोडिएका ५ सयभन्दा बढी अकाउन्ट बन्द गरेको भोलिपल्ट ट्वीटरले पछिल्लो कदम चालेको हो । चीनमा पहिलादेखिनै ट्वीटर र फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?