+
+

मृतक भनिएका व्यक्ति नै हत्या आरोपी निस्किएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १८:४६

१७ मंसिर, काठमाडौं । बाफलको गाइबाच्छा चोकमा सात दिनअघि एक जनाको शव भेटियो ।

बाफल क्षेत्रमा मागी हिँड्ने सुशील शर्मा सुत्ने ठाउँमा जलेको अवस्थामा शव भेटिएपछि प्रहरीले उनको मृत्यु भएको आशंका गरेको थियो । तर अर्को दिन शर्मा जीवितै भेटिएपछि प्रहरी आश्चर्यमा पर्‍यो ।

उनको कपाल र जुत्ताको पनि केही भाग डढेको थियो । ‘उही सुत्ने स्थानमा अर्को व्यक्तिको शव भेटिएपछि स्वभाविक रुपमा शंका लाग्ने भइहाल्यो’ महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ भन्छन्, ‘नभन्दै उनैले अर्को व्यक्तिको हत्या गरेको भेटिएको छ ।’

प्रहरीका अनुसार शर्मामाथि सोधपुछ गर्ने क्रममा त्यहाँ बरामद भएको शव काभ्रे घर भएका ७६ वर्षीय टेपबहादुर भनिने हर्कबहादुर बायिनयाँको भएको खुलेको छ । र, उनको हत्यामा शर्माको संलग्नता पुष्टि भएको प्रहरी दाबी छ ।

पैसा चोर्ने योजना, थाहा पाएपछि हत्या

खापुङका अनुसार वृद्धभत्ता पाउने भएकाले बानियाँसँग पैसा भइराख्थ्यो । केही दिनअघि मलेसियाबाट फर्किएका भतिज पनि आएर उनीसँग भिडियो बनाएकाले अरु पैसा पनि हुनसक्ने आशंकामा शर्माले चोर्ने योजना बनाएका थिए ।

‘योजना अनुसार आफू सुत्ने ठाउँ रक्सी खुवाएर लठ्याएर गोजीबाट पैसा निकाल्न खोजेका रहेछन्’ खापुङले अनलाइनखबरसँग भने, ‘बानियाँ ब्यूँझिएपछि विवाद भयो र हिर्काएर हत्या गरेको देखिएको छ ।’

घटनाबारे थाहा नहोस् भनेर त्यहीँ रहेको कपडाहरुमा शवलाई जलाएको देखिएको खापुङ बताउँछन् । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?