+
+

पाकिस्तानमा एक विदेशी नागरिकको कुटीकुटी हत्या, हत्यापछि शवमा आगो लगाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते ७:०३

१८ मंसिर, काठमाडौं । पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ । त्यसपछि उनको शवलाई सडकमा ल्याएर जलाइएको छ ।

मारिने व्यक्ति श्रीलंकाका हुन् । यस घटनालाई प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि ‘शर्मनाक दिन’ भन्दै घटनाको अनुसन्धानलाई आफैंले हेरिरहेको बताएका छन् । उनले घटनामा जोसुकै जिम्मेदार भए पनि उसलाई सजायँ दिने प्रतिबद्धता पनि जनाएका छन् ।

यस घटनापछि सामाजिक सन्जालमा पाकिस्तान सरकारको तीव्र विरोध भइरहेको छ । पाकिस्तानकी चर्चित अभिनेत्री माहिरा खानले पनि ट्वीटरमा प्रधानमन्त्री इमरान खानलाई ट्याग गर्दै लेखेकी छन्, ‘यो लज्जास्पद छ । म निकै दुःखी छु । इमरान खान, हामी जवाफका लागि तपाईंलाई हेरिरहेका छौं । न्यायका लागि तपाईंलाई हेरिरहेका छौं । ताकि हाम्रो समाजमा यस्ता नराम्रा घटना अन्त होउन् ।’

पाकिस्तानको उलेमा काउन्सीलले पनि यसलाई बर्बर घटना भन्दै त्यसको निन्दा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?