+
+

कांग्रेसको बागमती सभापतिमा भीमसेनको समर्थन इन्द्रलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १२:०२

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई समर्थन गरेका छन् ।

पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणमा मतदान हुँदैछ । पहिलो चरणमा सभापति पदमा इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र प्रधान उम्मेदवार थिए । पहिलो चरणमा तेस्रो बढी मत ल्याएका प्रधानले दोस्रो चरणको मतदानमा बानियाँलाई समर्थन गरेका हुन् ।

आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले सबैभन्दा बढी मत ल्याएका बानियाँलाई सहमतिमै नेतृत्व दिनुपर्नेमा जोड दिए । उनले भने, ‘सहमतिमै नेतृत्व चयन गरौं । सबैभन्दा बढी मत उहाँ(बानियाँ)ले ल्याउनुभएको छ, उहाँलाई नै सभापति सर्वसम्मत बनाउँदा राजनीतिक न्याय हुन्छ ।’

संस्थापन समूहका नेता एवं सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु अम्बिका बस्नेत, डिना उपाध्याय, सभापतिका उम्मेदवार बानियाँसहितको पत्रकार सम्मेलनमा प्रधानले भने, ‘मतदान गर्ने अवस्था आयो भने पनि मत पाउने अधिकार बानियाँजीलाई नै छ, किनकि उहाँले सबैभन्दा बढी मत ल्याउनुभएको हो ।’

साथै प्रधानले सभापतिमा बानियाँलाई मतदान गर्न आफ्ना समर्थकलाई आग्रह गरे । ‘सम्पूर्ण साथीहरुले उहाँ (बानियाँ) को पक्षमा मतदान गर्न आग्रह गर्छु । उहाँ संसदीय दलको नेता हुनुहुन्छ । भोलि मुख्यमन्त्री बन्दै हुनुहुन्छ । सबै कुरा उहाँको वरिपरी घुमिरहेको छ,’ उनले भने ।

आइतबार बिहान सार्वजनिक मत परिणाममा बानियाँले ९९२ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार केसीले ८७२ मत पाए । तेस्रो भएका प्रधानले १९७ मत ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?