 
																			१९ मंसिर, काठमाडौं । प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका-१ दरवारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाल रहेका छन् ।
महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ सयवटा ४९ बण्डल गरी ४९ लाख, नेपाली रुपैयाँ ५०० दरको १ सयवटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोला बरामद गरेको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको महानगरीय परिसरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4