+
+

राप्रपाको नयाँ कार्यसमितिको शपथमा कमल थापा अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १५:१७

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।

आइतबार विहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षमा पराजित थापाले भने पार्टीको महाधिवेशनमा पूर्व राजाले हस्तक्षेप गरेको आरोप लगाएका छन् । प्रज्ञा भवनमा आयोजित शपथ ग्रहण समारोहमा समेत गएका छैनन् ।

निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा उपस्थित छन् ।

तस्वीरहरु: चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment