+
+

यू १९ क्रिकेट : लुम्बिनीका मोहम्मद हुसेन उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १८:०३

१९ मंसिर, काठमाडौं। लुम्बिनी प्रदेशका बलर मोहम्मद हुसेन वाइवाइ यू१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगीताको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका हुसेनले प्रतियोगीतामा सर्वाधिक ७ खेलबाट २१ विकेट लिएका थिए । यस्तै हुसेन उत्कृष्ट बलर समेत बने।

उनले उत्कृष्ट खेलाडी वापत १५ हजार र उत्कृष्ट बलर भरवापत १० हजार गरी २५ हजार पाए। लुम्बिनीकै कप्तान देव खनाल उत्कृष्ट ब्याट्सम्यान घोषित भए । देवले ७ खेल खेल्दै ४ अर्धशतक मद्दतमा सर्वाधिक ३३४ रन बनाएका थिए। उनले नगद १० हजार पाए।

प्रतियोगीताको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ११३ रनले पराजित गर्दै उपाधि जितेको थियो। लुम्बिनीले नगद २ लाख र सुदूरपश्चिमले १ लाख प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?