+
+

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १२:०१
फाइल तस्वीर

२० मंसिर, काठमाडौं । नायिका सुहाना थापाले नायक अनमोल केसीसँग दुईवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । अनमोलसँग उनले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ३’ ‘ब्लकबस्टर’ भएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’ भने रिलिज हुन बाँकी छ ।

यो चलचित्रको बाँकी कामका लागि सुहाना केही दिनअघि मात्र अमेरिकाबाट नेपाल आएकी छन् ।

अनमोलसँग दुईवटा चलचित्रमा काम गरिसकेकी सुहानालाई अब भने पर्दामा नायक धिरज मगरको जोडी भएर काम गर्न मन लागेको छ । गत वर्ष आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा सुहाना र धिरजले एक अर्कासँग चलचित्रमा काम गर्न चाहेको बताएका थिए ।

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् । सबै कुरा ठिकठाक चलेको खण्डमा सुनिल चलचित्रको छायांकन वैशाखबाट गर्ने तयारीमा छन् ।

त्यसैले पनि चलचित्र बजारमा ‘भागवत गीता’मा धिरजले काम गर्न सक्ने अड्कल लगाइएको छ । तर, निर्माणपक्षले यो विषयमा भने केही पनि बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?