+
+

तीन प्रस्तावित राजदूतको सुनुवाइ रोक्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १२:३१

२० मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक रोक्न माग गरेको छ ।

भरत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि समितिको बैठक बोलाइएको छ । त्यसअघि अहिले उजुरीबारे छलफल भइरहेको छ ।

बैठकमा एमाले सांसद सुमनराज प्याकुरेलले समावेशी नभएको भन्दै सरकारसँग छलफल गर्नुपर्ने बताए । समावेशी भएन भनेर उजुरी समेत आएको भन्दै उनले भने, ‘हामीले पहिला पनि समावेशी भएन भनेर भनेका हौं । यो निरन्तर कहिलेसम्म ? त्यसैले समावेशी किन भएन भनेर पहिला सरकारसँग छलफल गरौं ।’

सरकारसँग छलफल गरेर मात्र सुनुवाइको थप प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।

कांग्रेस सचेतक पुष्पा भुसालले भने बैठक रोक्न नमिल्ने बताए । समावेशी किन भएन भन्ने विषय महत्वपूर्ण भएपनि उजुरी आहृवान गरेर प्रक्रिया सुरु गरिसकेकाले प्रस्तावित राजदूतहरुको सुनुवाइ रोक्न नमिल्ने उनको तर्क छ ।

सरकारले ११ कात्तिकमा भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्रीलाई सिफारिस गरेको थियो । अनुमोदन गर्ने नगर्नेबारे सुनुवाइ समितिले ४५ दिनभित्र निर्णय गर्नुपर्नेछ, नभए नियुक्तिका लागि बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?