+
+

कट्रिना-विक्कीको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्पराअनुसार हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १४:०४

२० मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समाचार अनुसार कट्रिना र विक्कीको विवाह अलग-अलग रीतिरिवाज अनुसार हुनेछ । यी दुईको विवाह शुरुमा हिन्दू परम्पराअनुसार हुनेछ भने त्यसपछि क्रिश्चियन रीतिरिवाज अनुसार हुने बताइएको छ ।

विक्की हिन्दू धर्मावलम्बी हुन् भने कट्रिना क्रिश्चियन धर्मावलम्बी हुन् । विवाहका लागि अलग-अलग मण्डप समेत तयार पारिएको छ ।

यसअघि पनि थुप्रै बलिउडकर्मीहरुको विवाह दुवै रीतिरिवाज अनुसार भइसकेको छ । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले पनि हिन्दू र क्रिश्चियन दुवै परम्परा अनुसार विवाह गरेका थिए । दीपिका पादुकोण र रणवीर सिंहबीच कोंकणी र सिन्धी दुवै परम्परा अनुसार विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?